काठमाडौँ। ‘ग्लोबल मनि विक–२०२६’ को उपलक्ष्यमा प्रभु बैंक लिमिटेडको कमलादी शाखाले बिहीबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। "स्मार्ट मनी टल्क्स" भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममार्फत वित्तीय साक्षरता र सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको बैंकको भनाइ छ ।प्रभातफेरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कमलादीस्थित बैंकको कार्यालयबाट सुरु भएको -याली दरबारमार्ग र कमलपोखरी चोक हुँदै पुनः कमलादीमै पुगेर समापन भएको थियो। -यालीका सहभागीहरूले वित्तीय सन्देशमूलक प्ले–कार्ड र ब्यानरहरू प्रदर्शन गर्दै सर्वसाधारणलाई पैसाको सही व्यवस्थापन र बचतको महत्त्वबारे जानकारी गराएका थिए।"विश्वास लिन्छौँ, विश्वास दिन्छौँ" भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रवाह गरिरहेको प्रभु बैंकले हाल नेपालभर ३१२ शाखा कार्यालय, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।




.gif)



