images

२०८३ आश्विन १७ गते

images
images
images

आज ज्योतिष दिवस

आज ज्योतिष दिवस

images
images
बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले कालगणना सुरु गरेको विश्वासमा आज ज्योतिष दिवस मनाइँदै छ ।

    images
    images

    चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात् समय गणना सुरु भएको विषय ‘ब्रह्मपुराण’मा उल्लेख भए अनुसार ‘कालमाधव’ नामक ग्रन्थमा भनिएको छ—

    चैत्रे मासि जगद्ब्रह्मा ससर्ज प्रथमेऽहनि ।

    images
    images

    शुक्लपक्षे समग्रं तु तदा सूर्योदये सति ।।

    तदा प्रवर्तयामास कालस्य गणनामपि ।।

    अर्थात् चैत महिनाको शुक्ल पक्षको पहिलो दिन, सूर्योदयको समयमा ब्रह्माजीले सृष्टिको निर्माण गरे र त्यही समयदेखि कालगणनाको प्रारम्भ पनि गरे । यसै प्रमाणका आधारमा विसं २०८० देखि नेपालमा चैत्र शुक्ल प्रतिपदाको दिनलाई ज्योतिष दिवसका रुपमा मनाउन थालिएको हो । यसवर्ष तेस्रो ज्योतिष दिवस मनाउन लागिएको छ ।यस अवसरमा आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी ज्योतिष दिवस मनाउँदै छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend