images

२०८३ आश्विन १८ गते

images
images
images

जुम्लामा एचपीभी खोप अभियान, १ हजार २७७ किशोरीलाई खोप

जुम्लामा एचपीभी खोप अभियान, १ हजार २७७ किशोरीलाई खोप

images
images
बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • जुम्ला । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप अभियान जुम्लामा सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत चैत ९ गतेदेखि जिल्लाका आठै पालिकाका ८४ खोप केन्द्रमार्फत खोप दिइने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।कक्षा ६ मा अध्ययनरत १०–१४ वर्ष उमेर समूहका १,२७७ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । पालिकाअनुसार चन्दननाथमा २७७, तातोपानीमा १६४, गुठिचौरमा ७७, पातारासीमा २२१, तिलामा १८५, हिमामा २२१, सिजामा १३५ र कनकासुन्दरीमा १७७ जना रहेका छन् ।

    images
    images

    अभियान प्रभावकारी बनाउन सरोकारवालासँग पूर्वतयारीबारे छलफल गरिएको र लक्षित सबै किशोरीलाई समेट्ने तयारी रहेको जनाइएको छ । गत वर्ष कक्षा ७–१० का किशोरीलाई खोप दिइएकोमा यस वर्ष कक्षा ६ लाई मात्र समेटिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend