images

२०८३ आश्विन १८ गते

images
images
images

भद्रपुरमा सशस्त्रको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

भद्रपुरमा सशस्त्रको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

images
images
बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • झापा । चैत्र ३ गते झापा जिल्लाको भद्रपुर नगरपालिका–३ हातिमारास्थित अरनिको माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको २५औँ स्थापना दिवस (रजत महोत्सव)को अवसरमा नं। २ गण झापाको आयोजना तथा बी एण्ड सी अस्पताल बिर्तामोड र फिल्ड अस्पताल पकलीको सहकार्यमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

    images
    images

    भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरमा नं। २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशी लगायत भद्रपुर नगरपालिकाका वडा अध्यक्षहरू, विभिन्न अस्पतालका चिकित्सक तथा झापा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

    सो क्षेत्रमा बसोबास गर्ने सीमावासी तथा स्थानीयहरुको निःशुल्क स्वास्थ्य जाँच गर्ने अभिप्रायले सञ्चालन गरिएको स्वास्थ्य शिविर कार्यक्रममा १ सय ७५ जना महिला र १ सय ४० जना पुरुष गरी ३ सय १५ जनाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend