images

२०८३ आश्विन १७ गते

images
images
images

सोमबार भगवान शिवको विशेष दिन

सोमबार भगवान शिवको विशेष दिन

images
images
सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • काठमाडौँ । आज २०८२ साल चैत २ गते सोमबार, चैत कृष्ण पक्षको द्वादशी तिथि परेको छ। तदनुसार आज सन् २०२६ मार्च १६ तारिख हो।

    images
    images

    हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन मानिन्छ। यस दिन देवका पनि देव महादेवको रूपमा पूजिने भगवान शिवको व्रत बसी पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।

    शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ र सूर्य अस्ताएपछि समाप्त हुने विश्वास गरिन्छ। दिनभर व्रत बसेपछि बेलुका आरती सम्पन्न गरी भोजन गर्ने चलन छ।

    images
    images

    सोमबारको दिन भक्तजनहरूले भगवान शिव तथा देवी पार्वतीको पूजा–आराधना गर्छन्। हिन्दू परम्परा अनुसार कुनै पनि पूजा सुरु गर्नुअघि भगवान गणेशको पूजा अनिवार्य मानिन्छ।

    धार्मिक मान्यता अनुसार सोमबारको उपवासले मानिसका इच्छा तथा आकांक्षा पूरा हुने विश्वास गरिन्छ। यस व्रतले ज्ञान प्राप्ति हुने र जीवनमा सकारात्मक फल प्राप्त हुने विश्वास पनि छ। विशेषगरी अविवाहित महिलाहरूले असल पति प्राप्तिको कामना गर्दै सोमबार व्रत बस्ने चलन आजसम्म पनि प्रचलित रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend