चितवन । पहिरो तथा ढुंगा खस्ने जोखिमलाई ध्यानमा राख्दै मुग्लिन–नारायणगढ सडक अन्तर्गत तुइनखोला पुल नजिक दुई वटा फ्लड लाइट जडान गरिएको छ।
सडक डिभिजन कार्यालय भरतपुर ले शनिबार साँझ दिएको जानकारीअनुसार रातिको समयमा पनि सडक स्पष्ट रूपमा देखिने गरी उक्त स्थानमा फ्लड लाइट जडान गरिएको हो।
सो क्षेत्रमा जुनसुकै बेला ढुंगा खस्ने जोखिम देखिएकाले सवारीसाधन तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
सडक डिभिजनले सवारी चालक तथा यात्रुलाई सचेत गराउँदै उक्त स्थानमा ओभरटेक नगरी संयमित र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।




.gif)





