काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आज (फागुन २८ गते) देखि आफ्नो दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन तथा बिक्री खुला गरेको छ।
क्यापिटलका अनुसार योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। पहिलो चरणमा भने ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याइएको हो।
निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित गरिएको छ भने ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई छुट्याइएको छ।
बाँकी ३ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि निष्काशन गरिएको छ। प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ रहेको छ, जसअनुसार सर्वसाधारणका लागि ३५ करोड रुपैयाँ बराबरको इकाई बिक्री खुला गरिएको हो।
यो खुलामुखी (ओपन–एन्डेड) योजना भएकाले प्रारम्भिक निष्काशनपछि बाँकी इकाई सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरण प्रणालीमार्फत निरन्तर खरिद–बिक्रीका लागि खुला रहने क्यापिटलले जनाएको छ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनामा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेमा चैत १२ गतेसम्म आवेदन अवधि थप गर्न सकिनेछ।
उक्त योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेडरहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।




.gif)





