images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • काठमाडौँमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो २०२६’...

काठमाडौँमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु

काठमाडौँमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु

images
images
बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौं । नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक सामर्थ्य प्रदर्शन गर्ने उद्देश्यका साथ आजदेखि काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थल मा ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु हुँदैछ।

    images
    images

    नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा हुन लागेको यो प्रदर्शनीको १०औँ संस्करण हो। ‘फार्मामा नवीनता भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्स्पोको उद्घाटन सुधा शर्मा गौतम, स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आज बिहान विशेष समारोहका बीच गर्ने कार्यक्रम रहेको छ।

    उद्घाटनअघि बिहान ७ बजे प्रदर्शनी मार्गबाट भव्य प्रभातफेरि (वाकाथोन) समेत आयोजना गरिएको आयोजकले जनाएको छ।

    images
    images

    २०० भन्दा बढी स्टल

    तीन दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा २०० भन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार यसपटक ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहनेछ। ती कम्पनीहरूले विश्व बजारमा उपलब्ध नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरी नेपाली बजारसँग जोड्नेछन्।

    बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्पादन तथा प्रगति प्रदर्शन गरिनेछ।

    अनुसन्धान र प्रविधिमा जानकारी

    एपोनका अनुसार नेपालमै विश्वस्तरीय तथा गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास आम सर्वसाधारण र सरोकारवालामा दिलाउनु एक्स्पोको मुख्य उद्देश्य हो।

    एक्स्पोमा औषधि उत्पादनमा प्रयोग हुने रिसर्च एन्ड डेभलप्मेन्ट (R&D),आधुनिक प्रविधि तथा उत्पादन प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिन सकिनेछ।

    निःशुल्क प्रवेश

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभाग को सहकार्यमा आयोजना गरिएको यस एक्स्पोमा औषधि क्षेत्रसँग सम्बन्धित १४ वटा सङ्घ–संस्थाहरू एसोसिएट सदस्य का रूपमा आबद्ध छन्।

    औषधि क्षेत्रबारे जानकारी लिन चाहने जो–कोहीका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ।

    एक्स्पो फागुन २८, २९ र ३० गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहानदेखि साँझसम्म सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण नागरिक तथा सरोकारवालालाई नेपाली औषधि उद्योगको प्रगतिको साक्षी बन्न एक्स्पोमा सहभागी हुन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend