images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक २७ सय विन्दुमा झर्यो,...

नेप्से परिसूचक २७ सय विन्दुमा झर्यो, कारोबार रकम १३ अर्बमा सीमित

नेप्से परिसूचक २७ सय विन्दुमा झर्यो, कारोबार रकम १३ अर्बमा सीमित

images
images
बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौं । बुधबार सेयर बजार परिसूचक उल्लेख्य अंकले घटेर बन्द भएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्त्यमा ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा झरेको हो। अघिल्लो कारोबार दिन मंगलबार परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा बन्द भएको थियो।

    images
    images

    बजार उच्च अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार भने १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ रुपैयाँ बराबरको सेयर किनबेच भयो।

    यसदिन ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर कारोबार भएका छन्। बजार दोहोरो अंकले घटे पनि केही कम्पनीका सेयर भने बढेका छन्। साल्ट ट्रेडिङसँग सम्बन्धित विकास बैंक समूहअन्तर्गतको सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    images
    images

    यस्तै नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढ्दा रिलायन्स स्पिनिङ मिल्सको सेयर ९.३३ प्रतिशतले उकालो लाग्यो।

    बजार घटेको दिन कालिका पावरका लगानीकर्ताले सर्वाधिक नोक्सानी व्यहोरे। सो कम्पनीको सेयर मूल्य ८.४७ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा भने रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युतको ५१ करोड, नेसनल हाइड्रोपावर कम्पनीको ४९ करोड, अपी पावर कम्पनीको ४४ करोड र नगदी ग्रुपको ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    कारोबारमा आएका कम्पनीमध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २२५ वटाको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। उपसूचकतर्फ म्युचुअल फण्डबाहेक बाँकी १२ समूहका उपसूचक नकारात्मक देखिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend