images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, यस्तो छ...

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, यस्तो छ योग्यता ।

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, यस्तो छ योग्यता ।

images
images
बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी भर्ना गर्ने जनाएको हो।

    images
    images

    संस्थाका अनुसार सहायक पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई लघुवित्त क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव आवश्यक पर्नेछ।

    त्यसैगरी कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कम्तीमा एसईई–एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। सवारी साधन चलाउन सक्ने तथा चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।

    images
    images

    उमेर हद सहायक श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ५ वर्ष थप हुने व्यवस्था रहेको छ।

    संस्थामा नियुक्त कर्मचारीले शाखा सञ्चालन, गाउँ तथा ग्रामीण क्षेत्रमा समूह परिचालन, कर्जा लगानी तथा असुली, बचत संकलन, कर्जा विश्लेषण, अनुगमन तथा लेखा व्यवस्थापनसम्बन्धी काम गर्नुपर्ने जनाइएको छ।

    भर्ना प्रक्रिया अन्तर्गत सहायक पदका लागि मौखिक अन्तर्वार्ता हुनेछ भने कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि लिखित तथा मौखिक परीक्षा हुने संस्थाले जनाएको छ।

    योग्य तथा इच्छुक व्यक्तिले संस्थाको आधिकारिक वेबसाइट मार्फत चैत १० गतेभित्र आवेदन दिनुपर्ने सूचना जारी गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend