काठमाडौँ । शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा उल्लेखनीय आवेदन परेको छ।
कम्पनीले १८ लाख ४२ हजार ६ सय कित्ता शेयरका लागि आवेदन खुला गरेकोमा मंगलबार अन्तिम दिनसम्ममा २७ लाख ६६ हजार ५१० जना आवेदकबाट ३ करोड ७ लाख ३९ हजार ६ सय कित्ता शेयरका लागि आवेदन परेको छ। यो मागभन्दा १६।६८ गुणा बढी हो।
उक्त आवेदनमार्फत कम्पनीले कुल ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन संकलन भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले शेयर बाँडफाँड गोलाप्रथाबाट हुने छ।




.gif)





