images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • कालिन्चोक हाइड्रोपावरको आईपीओ आवेदन अवधि चैत...

कालिन्चोक हाइड्रोपावरको आईपीओ आवेदन अवधि चैत १२ गतेसम्म लम्बियो

कालिन्चोक हाइड्रोपावरको आईपीओ आवेदन अवधि चैत १२ गतेसम्म लम्बियो

images
images
बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।

    images
    images

    कम्पनीले फागुन १३ गतेदेखि बिक्री खुला गरेको उक्त आईपीओमा अब चैत १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। यद्यपि, मागभन्दा बढी आवेदन परेमा सो अवधिभन्दा अगावै कुनै पनि दिन सूचना प्रकाशित गरी निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ।

    कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।

    images
    images

    उक्त शेयरका लागि दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं। १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले गराएको रेटिङअनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

    कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको बताइएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २९ वर्ष ५ महिना बाँकी रहेको छ।

    यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १५.३६ वर्ष रहेको कम्पनीले जनाएको छ।

    आईपीओको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय, बिगु गाउँपालिका–८, नेपाल बैंक लिमिटेड, सिन्धु विकास बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सिङ्गटी शाखाबाट आवेदन दिन सक्नेछन्।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर खरिदका लागि दरखास्त फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend