images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सय अंकको स्विङ, सात महिनायताकै...

नेप्सेमा सय अंकको स्विङ, सात महिनायताकै उच्च कारोबार

नेप्सेमा सय अंकको स्विङ, सात महिनायताकै उच्च कारोबार

images
images
मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • सोमबार लगातार बढेर तीन वटा सर्किट ब्रेक लागेको बजार मंगलबार भने स्थिर हुने क्रममा देखियो। निर्वाचनपछि खुलेको बजार एकै दलको सरकार बन्ने खबरले उत्साहित हुँदा बजारको वृद्धि रोक्न सर्किट ब्रेक नै लगाउनु परेको थियो।मात्रै करिब चार मिनेट कारोबार हुँदा नेप्से ६ प्रतिशत १६२ ले बढेको थियो। मंगलबार पनि नेप्सेमा करिब एक सय अंकको स्विङ भने देखियो। बजार खुलेको केही समयसम्म २९११ मा रहिरहेको बजार केही समयमै घट्न थालेर कारोबारको मध्यमा २७९६ विन्दुसम्म पुग्यो।

    images
    images

    कारोबार बन्द हुँदा भने नेप्से ३२ अंकले २८४३ मा सीमित हुन पुगेको छ। मंगलबार कारोबार रकम भने करिब आठ महिनाकै उच्च भएको छ। यस दिन २१ अर्ब ५० रूपैयाँको सेयर किनबेच भयो।यसअघि २०८२ साउन ११ गते २६ अर्ब ५७ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। त्यसयता पहिलो पटक कारोबार २१ अर्ब रूपैयाँ नाघेको हो।यसदिन ३२९ वटा धितोपत्रको पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर किनबेच भएको हो। मंगलबार ७८ कम्पनीको सेयरमूल्य बढेको छ भने १७८ वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend