काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज (फागुन २६) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि मात्र सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ जारी गरेको हो।
कम्पनीले आफ्नो ९८ करोड रुपैयाँ जारी पुँजीको ३२.६५ प्रतिशत बराबर ३२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोअनुसार ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो। त्यस्तै २ लाख २२ हजार कित्ता सेयर श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीका लागि वितरण गरिएको छ भने १ लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।पहिलो चरणका यी सेयरहरू बाँडफाँट भइसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो। यस चरणमा कम्पनीका कर्मचारीका लागि ४४ हजार ४०० कित्ता सेयर सुरक्षित राखिएको छ। बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यसअनुसार सर्वसाधारणका लागि करिब १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको सेयर जारी गरिएको छ।




.gif)



