images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’...

टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना

टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना

images
images
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • काठमाडौं । दशैंको अवसरमा टीभीएस नेपालको ‘महा एक्सचेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । कम्पनीका अनुसार मेला असोज १५ गतेदेखि २० गतेसम्म सञ्चालनमा रहने छ ।

    images
    images

    मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशैं अफरहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत् सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीले दाबी गरेको छ ।मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग  नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

    विशेष दशैं अफरहरू :

    images
    images

    दशैंलाई दृष्टिगत गर्दै टीभीएसले विशेष अफरहरू सार्वजनिक गरेको छ ।

    पूर्व–खरिद अफरहरू : दशैंका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि ५,००,००० रुपैयाँसम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने छ ।त्यसै गरी खरिद गर्दा १०,००,००० रुपैयाँसम्मको छुट पाउने अवसर र साप्ताहिक क्याश ब्याक अफर अन्तर्गत हरेक साता १०० प्रतिशत क्यासब्याक जित्ने अवसर पनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको  बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । त्यसै गरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

    आकर्षक अफरहरू :

    उच्चतम मूल्याङ्कनको ग्यारेन्टी : मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् ।यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मन पर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

    ग्यारेन्टर बिना सजिलो वित्तीय सुविधा : वित्तीय चिन्ताले पिरोलिरहनु भएको छ रु मेला मार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्नेछ । ग्राहकहरूले ग्यारेन्टर बिना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।

    टेस्ट राइड र निश्चित उपहार : मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरूका लागि निश्चित उपहारहरूको समेत व्यवस्था रहने छ ।

    छानिएका मोडलहरूमा ० प्रतिशत ईएमआई सुविधा : मेला मार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा ० प्रतिशत ईएमआईको सुविधा उपलब्ध गराउने छ ।

    निःशुल्क सामग्री : एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर, र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् ।

    आफ्ना उपभोक्ताले सवारी साधन खरिद गरे देखि नै नै पूर्ण सुविधाको उपभोग गर्न पाउन भन्ने सोचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend