images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • नेपालमै बनेको हुन्डाई भेन्यूको बिक्री सुरू,...

नेपालमै बनेको हुन्डाई भेन्यूको बिक्री सुरू, मूल्य कति ?

नेपालमै बनेको हुन्डाई भेन्यूको बिक्री सुरू, मूल्य कति ?

images
images
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • काठमाडौँ । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले ‘भेन्यू इ’ भेरियन्टको उत्पादन पनि सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो। 

    images
    images

    लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो। कम्पनीले नेपालमा हुन्डाई ख्भलगभ को व्यवसायिक उत्पादन सुरु गरिएसँगै हुन्डाई नेपाल : मेड फर योर जर्नी  क्याम्पेन पनि सुरु गरेको थियो।

    हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरुमार्फत बिक्री गरिसकेको जनाएको छ। हुन्डाई भेन्यू ई को प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

    images
    images

    हाल नेपालमा उपलब्ध भेन्यू का अरु भेरियन्टहरूको मूल्य भेन्यू (एस) १.२ को मूल्य ४४ लाख ९६ हजार रूपैयाँ र भेन्यू (एसएक्स) १.२ को मूल्य ५३ हजार ५६ हजार रूपैयाँ कायम गरिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ। लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।

    स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ । लक्ष्मी मोटर कर्पोरेशनले थप भेरियन्ट तथा अरु मोडेलहरू पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend