images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • पूँजी वृद्धिमा दुई बीमा कम्पनी ।...

पूँजी वृद्धिमा दुई बीमा कम्पनी । हकप्रद शेयर निष्कासन स्वीकृतिको पर्खाइमा

पूँजी वृद्धिमा दुई बीमा कम्पनी । हकप्रद शेयर निष्कासन स्वीकृतिको पर्खाइमा

images
images
आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • काठमाडौँ । पूँजी वृद्धि गर्ने योजना सहित दुई बीमा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेका छन्।

    images
    images

    सानिमा जिआईसी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन्। यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएको देखिए पनि कम्पनीले उक्त प्रस्ताव भने रद्द गरिसकेको छ।

    प्रभु महालक्ष्मी लाइफले २०८० साल फागुन २२ गते १७ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएको थियो। तर कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ नाघेपछि आठौँ वार्षिक साधारणसभाबाट उक्त प्रस्ताव रद्द गरिएको हो। कम्पनीले १७ प्रतिशत हकप्रदलाई संशोधन गरी ७ प्रतिशतमा झारेको भए पनि अन्ततः निष्कासन नगर्ने निर्णय गरेको छ।

    images
    images

    हाल प्रभु महालक्ष्मी लाइफको चुक्तापूँजी ५ अर्ब ३० करोड ७७ लाख ९३ हजार रुपैयाँ पुगेको छ। कम्पनीले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस शेयर वितरण गरी पूँजी वृद्धि गरेको हो।

    यता प्रभु इन्स्योरेन्सले २०८१ साल असार १९ गते ५०.१५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो। त्यसैगरी सानिमा जिआईसी इन्स्योरेन्सले २०८१ साल कात्तिक ३० गते १७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति मागेको छ।

    धितोपत्र बोर्डका अनुसार सानिमा जिआईसी इन्स्योरेन्सको आवेदन प्रारम्भिक समीक्षा प्रक्रियामा रहेको छ भने प्रभु इन्स्योरेन्सको आवेदनमा कम्पनीले दिएको जवाफमाथि समीक्षा भइरहेको अवस्था छ।

    प्रभु इन्स्योरेन्सले यस वर्ष १८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। बोनसपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ९ लाख रुपैयाँ पुगेको छ। यसपछि कम्पनीले हकप्रद शेयरको अनुपात संशोधन गर्दै करिब ४७ प्रतिशत निष्कासन गर्ने योजना बनाएको छ। यसअघि कम्पनीले १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा ५०.१५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव बोर्डमा पेश गरेको थियो।

    नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीले न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी पुर्‍याउनुपर्नेछ।

    त्यस्तै, हाल २ अर्ब १५ करोड रुपैयाँ चुक्तापूँजी रहेको सानिमा जिआईसी इन्स्योरेन्सले सोही पूँजीको आधारमा १७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१।८२ को वार्षिक साधारणसभा भने अझै हुन बाँकी छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend