images

२०८३ आश्विन १८ गते

images
images
images

मध्यपूर्वमा हवाई प्रतिबन्धको असर: त्रिभुवनबाट दर्जनौँ उडान रद्द, ट्रान्जिटमा नेपाली प्रभावित

मध्यपूर्वमा हवाई प्रतिबन्धको असर: त्रिभुवनबाट दर्जनौँ उडान रद्द, ट्रान्जिटमा नेपाली प्रभावित

images
images
आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • काठमाडौं । मध्यपूर्व क्षेत्रमा हवाई मार्गमा लगाइएको प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने विभिन्न अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। विशेषगरी दोहा, दुबई, दमाम, कुवेत र शारजाहतर्फ जाने उडानहरू शनिबार रद्द भएका छन्।

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार फागुन २३ का लागि निर्धारित उडानहरू मध्यपूर्वको अस्थिर परिस्थितिका कारण सञ्चालन हुन सकेनन्। रद्द भएका उडानहरूमा नेपाल एयरलाइन्स, कतार एयरवेज, हिमालय एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, कुवेत एयरवेज र एयर अरेबियाका उडानहरू रहेका छन्।

    फ्लाई दुबईले मार्च ७ देखि ११ सम्मका आफ्ना सबै उडान अस्थायी रूपमा रद्द गरेको जनाएको छ। विमानस्थल कार्यालयका अनुसार मध्यपूर्वको हवाई क्षेत्रमा देखिएको समस्याका कारण उडान ढिलाइ, तालिका परिवर्तन तथा रद्द हुने अवस्था देखिएको हो।

    images
    images

    उडान प्रभावित भएसँगै विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिटमा रहेका नेपाली यात्रुहरू पनि समस्यामा परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हाल कतारको आकाश उडानका लागि बन्द रहेकाले दोहा विमानस्थलमा धेरै यात्रु ट्रान्जिटमा रोकिएका छन्। कतार सरकार र सम्बन्धित एयरलाइन्सहरूले यात्रुहरूका लागि अस्थायी खाने तथा बस्ने व्यवस्था मिलाएको जनाइएको छ।

    कुवेतमा भने होटल सुविधा नपाएका करिब ५० जना नेपाली यात्रु समस्यामा परेको जानकारी प्राप्त भएको छ। उनीहरूको व्यवस्थापनका लागि कुवेतस्थित नेपाली दूतावासले त्यहाँको नेपाली समुदायसँग समन्वय गरी बस्ने तथा खाने व्यवस्था मिलाउने प्रक्रिया अघि बढाएको छ।

    यसैबीच कुवेत र इराकको आकाश समेत उडानका लागि बन्द रहेको जानकारी दिइएको छ। यद्यपि साउदी अरब र ओमानको आकाश चार्टर उडानका लागि खुला रहेकोले वैकल्पिक रूपमा ती देशमार्फत यात्रा गर्न सकिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    सरकारले मध्यपूर्वमा रहेका करिब २० लाख नेपाली नागरिकको सुरक्षा र हितलाई ध्यानमा राख्दै विभिन्न देशस्थित १० नेपाली नियोगमार्फत निरन्तर निगरानी, समन्वय र सहजीकरणको कार्य जारी राखेको जनाएको छ।

    परराष्ट्र मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रुममार्फत प्रभावित नेपालीसँग सम्पर्क र विवरण संकलनको काम भइरहेको छ। पश्चिम एसियामा रहेका नेपालीहरूको अद्यावधिक विवरण संकलन गर्न सञ्चालन गरिएको अनलाइन प्रणालीमा हालसम्म ४६ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गरिसकेका छन्।

    यता मध्यपूर्वको राजनीतिक तनावका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु आवागमनमा पनि उल्लेखनीय गिरावट देखिएको छ। नागरिक उड्डयन कार्यालयको तथ्यांक अनुसार मार्चको सुरुवातसँगै दैनिक यात्रु संख्या क्रमशः घट्दै गएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend