images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

images
images
शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • काठमाडौँ, २३ फागुन । राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८) को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । 

    images
    images

    कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताए। उनले समाजमा विद्यमान रुढीवादी धारणा अझै रहेको र यस्ता विभेद हटाउँदै जानुपर्ने बताए।  

    आयोगकी अध्यक्ष कमला पराजुलीले स्थापना कालदेखि नै महिलाको हक, हितको संरक्षण र सम्बर्द्धन तथा महिला सशक्तीकरणका लागि आवश्यक सूचना, जानकारी एवं चेतनामूलक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्दै आएको र यसलाई थप सशक्त बनाएर जाने प्रतिबद्धता व्यक्त गरे।

    images
    images

    आयोगका सचिव शङ्कर हरि आचार्यले लैङ्गिक समानता प्रबर्द्धन, महिला सशक्तीकरण र हिंसा निवारणको क्षेत्रमा स्थापना कालदेखि नै आयोग क्रियाशील रहेको बताए। उनले आयोगले लैङ्गिक हिंसापीडित एवं प्रभावितलाई उद्धार, राहत, निःशुल्क कानुनी सहायता, कानुनी परामर्श, पुनःस्थापना तथा क्षतिपूर्ति सहितको न्यायका लागि विशेष पहल गर्दै आएको बताए। 

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले मन्त्रालयले अयोगको निर्णय र काममा सदैव सहयोग रहने बताए।  उनले केन्द्रमा मात्र सीमित आयोग प्रदेशस्तर सम्म पुग्न सके यसका कामका दायरा अझै फराकिलो हुने भएकाले यस विषयमा सोच्नुपर्ने बेला आएको बताए। 

    विसं २०५८ फागुन २३ गते स्थापित आयोगले स्थापना दिवसको अवसरमा नेपालका प्रथम महिलाको विवरणसहितको वेबपोर्टल सार्वजनिक गरेको छ, जसमा शिक्षा, स्वास्थ्य, निजामति, सञ्चार, कला, साहित्य, वातावरण, पर्वतारोहण, हवाई, व्यवसाय, उद्यमशीलता गरी विविधि १८ विधामा विशिष्ट योगदान गरेका महिलाको प्रेरणादायी कथा समेटिएको छ ।

    महिला आयोगले विगत आठ वर्षदेखि ‘११४५ हेल्पलाइन’ सेवा सञ्चालन गर्दे आएको छ । कार्यक्रममा विसं २०८२ श्रावणदेखि माघ महिनासम्मका घटना विवरणबारे जानकारी दिइएको थियो । उक्त अवधिमा उजुरी तथा मुद्दा सङ्ख्यात्मक रूपमा घरेलु हिंसाका मुद्दा २३४, महिलाका हकअधिकार हननका पाँच, ठाडो उजुरीका  निवेदन ८९ वटा रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend