images

२०८३ आश्विन १७ गते

images
images
images

अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैङ्कको प्रक्षेपण

अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैङ्कको प्रक्षेपण

images
images
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • काठमाडौँ— विश्व बैंकले  चालु आर्थिक वर्ष २०८१—८२ मा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व बैंकले  अर्धवार्षिक प्रकाशन नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै अर्थतन्त्रको विस्तार गत वर्षको ३.९ प्रतिशतको तुलनामा बढ्ने जनाएको छ ।

    images
    images

    पर्यटन आगमनमा वृद्धि, जलविद्युत र धानको उत्पादनमा वृद्धि हुने आँकलनका आधारमा विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । निजी क्षेत्रको विस्तार गत वर्षहरूमा भन्दा तुलनात्मक रूपमा राम्रो भई आर्थिक वृद्धिमा योगदान बढाउने भन्दै विश्व बैंकले यसमा खुकुलो मौद्रिक नीति सहायक सिद्ध हुने समेत उललेख गरेको छ ।

    तर खराब कर्जाले वित्तीय क्षेत्रको जोखिम बढाएको र खराब कर्जा बढ्दै गए निजी क्षेत्रले ऋण नपाउने अवस्था समेत आउनेमा सचेत गराएको छ । नीतिगत अस्थिरता र सुविधाहरूको कटौतीले लगानीको वातावरणमा ह्रास ल्याउने एवं सरकारले पुँजीगत खर्च गरी पूर्वाधार विकासलाई तीव्रता दिने क्षमतामा संकुचन आएकोले नेपालका लागि चालु आर्थिक वर्ष सहज भने नभएको विश्व बैंकले उल्लेख गरेको छ । त्यस्तै क्षेत्रीय अस्थिरता र व्यापारमा अवरोधका साथै पर्यटन र आन्तरिक मागमा समेत कमी आउन सक्ने जोखिम समेत औंल्याइएको छ ।

    images
    images

    “नेपाली अर्थतन्त्र क्रमश पुनरुत्थानको दिशामा छ,” राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीलाई उद्धृत गर्दै विश्व बैंकले भनेको छ” पुँजीगत खर्च वृद्धि गर्ने, सम्पन्न हुने चरणमा रहेका परियोजनालाई तीव्रता दिइ छिटो सम्पन्न गर्ने,  बजेट प्रकृयामा सुधार ल्याउने, आन्तरिक उत्पादन बढाउने एवं रोजगारी सिर्जना गर्ने र समग्र आर्थिक स्थायित्व कायम गर्ने हाम्रो प्राथमिकता रहेको छ ।”

    आप्रवासी श्रमिक प्राप्त गर्ने गल्फ मुलुकहरु र मलेसियामा आएका झट्काहरुले पनि वृद्धिलाई धिमा गर्न सक्छ, खासगरी घरपरिवारको उपभोग, गरिबी निवारण र मानव पुँजी विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय विपे्रषणमा यसले असर पुर्‍याउनेछ । तथापि, नेपालको आप्रवासन अत्यन्त महंगो, असमान अवसरहरु र धेरैका लागि प्रक्रिया नै चुनौतिपूर्ण रहेको अवस्था कायम छ । प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्यहरु प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तारको सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपहरुलाई प्राथमिकताका साथ उल्लेख गरेको छ ।

    “वृद्धिको गतिलाई कायम राख्नु नेपालको विकासका लागि महत्वपूर्ण छ । यसका लागि प्रमुख क्षेत्रहरु जस्तै पूर्वाधार, सुशासन, मानव पुँजी विकास र निजी क्षेत्रमा निरन्तर सुधारको आवश्यकता पर्दछ”, विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने “नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्सबाट धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहहरूको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीहरूलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्ष नेपालीहरूलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्ने जीवन्त घरेलु अर्थतन्त्रको निर्माण नेपालको भविष्यको लागि महत्वपूर्ण छ।

    सुदृढ र थप समावेशी आप्रवासन व्यवस्थापन प्रणालीले पारदर्शी भर्ना प्रक्रिया स्थापित गर्नेछ, श्रमिकलाई विदेश जान राम्रो तयारी गराउनेछ, श्रम बजारमा आप्रवासीहरुको सुरक्षा र आवतजावतलाई सुनिश्चित गर्नेछ, दीर्घकालका सीप र गन्तव्य विविधिकरणका लागि योजना बनाउनेछ र फर्किएका श्रमिकहरुको पुँजी र सिपलाई प्रभावकारी उपयोग गर्नका लागि सहयोगी वातावरण निर्माण गर्नेछ ।

    अर्धबार्षिक रुपमा प्रकाशित हुने नेपाल डेभलपमेन्ट अपडेटले दीर्घकालीन र विश्वव्यापी दृष्टिकोणसँग सान्दर्भिक गराउँदै पछिल्ला बर्षका आर्थिक विकास सम्बन्धी गहनतम विश्लेषण प्रदान गर्दछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend