काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
घोषित लाभांशमा ८.७ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर तिर्न ०.४६७९ प्रतिशत नगद लाभांश समावेश रहेको कम्पनीले जनाएको छ।
उक्त लाभांश भने नेपाल बीमा प्राधिकरण बाट स्वीकृति प्राप्त गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुलाई वितरण गरिनेछ।




.gif)





