images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • माघमा नेप्से कारोबार रकम ११५ प्रतिशतले...

माघमा नेप्से कारोबार रकम ११५ प्रतिशतले बढ्यो

माघमा नेप्से कारोबार रकम ११५ प्रतिशतले बढ्यो

images
images
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं । धितोपत्र दोस्रो बजारमा माघ महिनामा कारोबार रकम उल्लेखनीय रूपमा वृद्धि भएको छ। पुस महिनाको तुलनामा माघमा कारोबार रकम करिब ११५ प्रतिशतले बढेको छ।

    images
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार माघ महिनामा कुल २ खर्ब ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको ४७ करोड ४३ लाख ६३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ। पुस महिनामा भने ९५ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको २० करोड ५७ लाख २९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो।

    देशमा चुनावी माहोलका बीच माघमा नेप्से परिसूचकमा पनि सामान्य वृद्धि देखिएको छ। पुस मसान्तसम्म २ हजार ६४१ दशमलव ४४ विन्दुमा रहेको नेप्से परिसूचक माघ मसान्तसम्म २ हजार ६७१ दशमलव ०७ विन्दुमा पुगेको छ, जुन १ दशमलव १२ प्रतिशतको वृद्धि हो।

    images
    images

    यद्यपि परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकममा भने शतप्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। माघ महिनामा कुल कारोबारमध्ये सबैभन्दा ठूलो हिस्सा जलविद्युत समूहले ओगटेको छ। जलविद्युत समूहअन्तर्गतका कम्पनीहरूको १ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको २८ करोड ९८ लाख ६१ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।

    दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये जलविद्युत क्षेत्रका कम्पनीहरूको संख्या सबैभन्दा बढी रहेको र लगानीकर्ताको आकर्षण पनि यही क्षेत्रमा केन्द्रित देखिन्छ।

    जलविद्युतपछि माघमा उत्पादन तथा प्रशोधन समूह दोस्रो स्थानमा रहेको छ। यस समूहका कम्पनीहरूको २० अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको १ करोड ६५ लाख १५ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।

    कारोबार रकमका आधारमा तेस्रो स्थानमा विकास बैंक, चौथोमा वित्त, पाँचौँमा अन्य, छैटौँमा बैंकिङ, सातौँमा लगानी, आठौँमा लघुवित्त, नवौँमा होटल तथा पर्यटन, दशौँमा जीवन बीमा र एघारौँमा निर्जीवन बीमा समूह रहेका छन्।

    संस्थापक शेयरको कारोबार म्युचुअल फण्ड, ऋणपत्र र व्यापारिक समूहभन्दा बढी देखिएको छ। माघमा १ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको ९१ लाख ४८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै म्युचुअल फण्डतर्फ ४१ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

    ऋणपत्रतर्फ ३२ करोड ६३ लाख रुपैयाँभन्दा बढीको २ लाख ५५ हजारभन्दा बढी कित्ता कारोबार भएको छ। दोस्रो बजारमा सूचीकृत दुई कम्पनी मात्र रहेको व्यापारिक समूहमा भने सबैभन्दा कम २६ करोड ९४ लाख रुपैयाँभन्दा बढीको ४९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend