images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक, श्री...

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक, श्री स्टील्सको आईपीओ आउँदै

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक, श्री स्टील्सको आईपीओ आउँदै

images
images
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • काठमाडौँ । श्री स्टील्स लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आवश्यक प्रक्रिया पूरा गरी नियामक निकायबाट स्वीकृति प्राप्त गरेपछि आईपीओ जारी गर्ने जनाएको छ।

    images
    images

    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

    श्री स्टील्स एक पूर्ण स्वचालित उद्योग हो, जसले टीएमटी रिबार उत्पादनमा विशेषज्ञता हासिल गरेको छ। भौगोलिक जटिलता तथा भूकम्पीय जोखिम उच्च रहेको नेपालजस्तो देशमा सुरक्षित र बलिया संरचना निर्माणका लागि गुणस्तरीय फलाम तथा रडजन्य सामग्री आवश्यक पर्ने भएकाले कम्पनीले आधुनिक प्रविधिमार्फत उच्चस्तरीय उत्पादनमा जोड दिएको जनाएको छ।

    images
    images

    कम्पनीका अनुसार, टीएमटी रिबार उत्पादनका लागि सिक्स स्ट्यान्ड ब्लक मिलमा आधारित अत्याधुनिक जापानी प्रविधियुक्त उपकरणसहितको उद्योग भएकोले यो नेपालकै पहिलो ब्रान्ड हो। विश्वस्तरीय प्रविधिको प्रयोग गर्दै उत्कृष्ट उत्पादनमार्फत देशलाई फलाम तथा रडजन्य सामग्रीमा आत्मनिर्भर बनाउने, औद्योगिक आधार मजबुत पार्ने तथा रोजगारी सिर्जना गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ।

    सम्झौतामा श्री स्टील्स लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए। उक्त सम्झौता कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend