images

२०८३ आश्विन १९ गते

images
images
images

नेप्सेको वेबसाइटमा देखिएको समस्या समाधान

नेप्सेको वेबसाइटमा देखिएको समस्या समाधान

images
images
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • काठमाडौँ, १७ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइटमा देखिएको प्राविधिक समस्या करिब डेढ घण्टापछि समाधान भएको छ ।

    images
    images

    नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार आजको कारोबार बन्द भएको केही समयपछि केही कम्पनीको शेयर मूल्य शून्य देखिएको छ । 

    “केही कम्पनीको क्लोजिङ प्राइस शून्य देखाउँदा समग्र परिसूचकमा ठूलो अङ्कको गिरावट देखिएको थियो । यो प्राविधिक त्रुटि हो, त्यो समस्या समाधान भइसकेको छ”, उनले रासससँग भने।

    images
    images

    आज नेप्से परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको थियो, तर बजार बन्द भएको करिब आधा घण्टापछि परिसूचक ८८५ दशमलव ३२ अङ्कले घटेर एक हजार ७६९ मा पुगेको देखिएको थियो । जुन ३३ दशमलव ३४ प्रतिशतको गिरावट हो । नेप्से परिसूचकमा एकाएक ठूलो अङ्कको गिरावट देखिएपछि लगानीकर्तामा अन्यौलता देखिएको थियो भने केही लगानीकर्ताले बारम्बार यस्ता समस्या दोहोरिन थालेको भन्दै सामाजिक सन्जालमा गुनासो  पोखेका थिए ।

    नेप्सेको प्राविधिक टोलीले समस्या समाधान गरिसकेको र परिसूचक पहिलेकै अवस्थामा देखिएको प्रवक्ता पराजुलीले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend