images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सेयर बजार १९.२७ अंकले बढ्यो, १३...
१३ वटै समूहको उपसूचकमा हरियाली

सेयर बजार १९.२७ अंकले बढ्यो, १३ वटै समूहको उपसूचकमा हरियाली

सेयर बजार १९.२७ अंकले बढ्यो, १३ वटै समूहको उपसूचकमा हरियाली

images
images
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको हो। त्यसैगरी सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले वृद्धि भई ४५९.७३ विन्दुमा अडिएको छ।

    images
    images

    यसदिन ३४१ वटा स्क्रिप्सको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। बजार दोहोरो अंकले बढ्दा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा साल्पा विकास बैंक र रियलायन्स स्पिनिङ मिल्स रहेका छन्।

    त्यसैगरी बराही हाइड्रोपावर पब्लिक को सेयर मूल्य ६.७४ प्रतिशतले बढ्यो। एनआईबीएल ग्रोथ फण्ड को मूल्य ६ प्रतिशतले वृद्धि हुँदा गुडविल फाइनान्स को सेयर ३.६२ प्रतिशतले उकालो लाग्यो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend