images

२०८३ आश्विन १९ गते

images
images
images

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट

images
images
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँट गरिएको छ ।कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओको बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाडौँस्थित नक्साल कार्यालयमा बिहान साढे ८ बजे सम्पन्न भएको हो ।ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख २० हजार तीन सय ४१ आवेदकबाट दुई करोड ८१ लाख ६४ हजार नौ सय ५० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो ।

    images
    images

    तीमध्ये दुई करोड ७७ लाख तीन हजार आठ सय ८० कित्ता शेयरका लागि परेको २५ लाख ८० हजार चारसय ७० आवेदन सदर भएको छ भने ३९ हजार आठ सय ७८ आवेदन बदर भएका छन् ।सदर भएका आवेदकमध्ये गोलाप्रथामार्फत एक लाख २८ हजार छ सय ५० जनालाई १० कित्ताका दरले कुल १२ लाख ८६ हजार पाँच सय कित्ता सेयर बाँडफाँड गरिएको छ । अत्यधिक मागका कारण अधिकांश आवेदकले शेयर पाउन सकेनन् ।आईपीओको नतिजा ‘मेरो शेयर’ प्रणाली तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend