images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि...

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु– वृद्धि मोटर्स प्राइभेट लिमिटेड बीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

    images
    images

    सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी(रातो प्लेट) को नामी र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयाँसम्म कर्जा लगानी गर्ने छ ।

    कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडीको बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने छ ।

    images
    images

    यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने छ ।बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend