images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार भने...

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार भने ४ अर्ब २३ करोडमा सीमित

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार भने ४ अर्ब २३ करोडमा सीमित

images
images
बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • काठमाडौं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाखको सेयर कारोबार भएको छ । आज १३७ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

     अपी पावरको सर्वाधिक ३२ करोड ६८ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको २१ करोड १३ लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.२६ प्रतिशतका दरले कमाएका छन् । नविल डिबेञ्चर २०८२ का इकाईधनीले आज सर्वाधिक ३.६० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend