images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • वैदेशिक रोजगारीमा रहेका नेपालीले एपोलो हाईड्रोपावरको...

वैदेशिक रोजगारीमा रहेका नेपालीले एपोलो हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीले एपोलो हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

images
images
बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • काठमाडौं- एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।कम्पनीले गत माघ २० गते १४ करोड १० लाख रुपैयाँबराबरको १ सय रुपैयाँ अंकित दरका १४ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ४ करोड ७० लाख रुपैयाँबराबरको १ सय रुपैयाँ अंकित दरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिनेछ ।

    images
    images

    स्थानीय बासिन्दाका लागि छुट्टाइएको कुल सेयरमध्ये ५० प्रतिशत अर्थात ३ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गापा–७ र ८, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गापा–२ र रामेछाप जिल्ला उमाकुण्ड गापा–३ र २० प्रतिशत अर्थात ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गापा–२ र गोकुलगंगा गापा–१ का स्थानिय बासिन्दाका लागि जारी गरिएको थियो ।बाँकी २० प्रतिशत अर्थात ९ करोड ४० लाख रुपैयाँबराबरको प्रतिसेयर अंकित मूल्य रु. १०० दरको ९ लाख ४० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्रीमा राखिएको छ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ९४ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend