images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि...

खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन

खाद्यान्न र फलफूल बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौँ, १२ फागुन । निर्वाचनका समयमा बजारमा हुने गैरकानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन २६ वटा फर्ममा अनुमगन गरेको छ ।

    images
    images

    विशेषगरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने फर्ममाथि अनुगमन गर्दै विभागले कानुनको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । निर्वाचनको बहानामा खाद्यपदार्थ लुकाउने, कालोबजारी गर्ने, तोकिएकोभन्दा बढी मूल्य लिनेजस्ता समस्या देखिएको भन्दै गुनासो आएपछि विभागले थप सक्रिय भएको छ ।

    विभागले सोमबार एकैपटक कुलेश्वर क्षेत्रमा अनुमगन गरेको हो । अनुमगनका क्रममा कैफियत भेटिएपछि रमेश फ्रुट टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ । अन्य २५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुमगन गर्दै आएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend