images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • प्रादेशिक अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ प्रणाली...

प्रादेशिक अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ प्रणाली लागू

प्रादेशिक अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ प्रणाली लागू

images
images
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • तनहुँ ।  सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ तथा जाँच प्रक्रिया सुरु गरिएको छ । अस्पतालले सेवासुविधा थप गर्ने क्रममा सम्पूर्ण बिरामीहरूको मेडिकल रेकर्ड र जाँच प्रक्रिया कम्प्युटर प्रविधिमार्फत सञ्चालनमा ल्याएको हो ।नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले बिरामी तथा स्वास्थ्यकर्मीहरूलाई यससम्बन्धी तालिम प्रदान गर्ने कार्य निरन्तर भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलमोहन वाग्लेले जानकारी दिए । सोही कारण सेवा प्रवाहमा केही ढिलासुस्ती तथा झन्झट हुन सक्ने उनले बताए ।

    images
    images

    डिजिटल प्रणाली लागू भएसँगै बिरामीहरूको सम्पूर्ण मेडिकल रेकर्ड कम्प्युटर प्रणालीमा सुरक्षित रहने र आगामी दिनहरूमा कागजी प्रक्रियाबाट हुने झन्झट न्यून हुँदै जाने अपेक्षा गरिएको उनको भनाइ छ । वाग्लेले भने, “यो प्रणालीले सबै बिरामीको विवरण एक क्लिकमा हेर्न सकिनेछ । यसले सेवा प्रवाहमा समेत सहजता ल्याउनेछ ।”अस्पतालमा तनहुँ, लमजुङ, गोरखा, कास्कीबाट समेत बिरामी सेवा लिन आउने गरेका छन् । विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।

    अस्पतालमा फोहोरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स–रे, निःशुल्क औषधि कक्षलगायतका सेवा विस्तार भइसकेको छ ।साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवा समेत प्रदान गर्दै आइरहेको अस्पतालले जनाएको छ ।अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ९८ हजार ३५६ जनाले सेवा लिएका थिए । यस्तै, आर्थिक वर्ष २०७९/८० मा अस्पतालले ७३ हजार २५३ लाई सेवा दिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ६४ हजार ५९४ लाई सेवा दिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend