images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • कालो बजारी गर्नेले निरीक्षण स्थानबाट तिर्नु...

कालो बजारी गर्नेले निरीक्षण स्थानबाट तिर्नु पर्नेछ तीन लाख जरिवाना

कालो बजारी गर्नेले निरीक्षण स्थानबाट तिर्नु पर्नेछ तीन लाख जरिवाना

images
images
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौं।  चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले सक्रियता बढाएको छ ।चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो । सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ ।

    images
    images

    सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैंयाँ जरिवाना गराइएको छ । काठमाडौंको एभरेष्ट होटललाई तीन लाख रुपैंयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैंयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौं उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ ।

    बिभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसंगै बिपत्ति समेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरु आएपछि टोली परिचानल गरिएको हो । कालोबजारी वा कम गुणस्तरको सामग्री विक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए । टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए ।

    images
    images

    यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरुको समेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडियोको नेतृत्वमा बजार अनुमगन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ । सो संगै स्थानीय पालिकाहरुसंग समन्वय गरेर बजार अनुगमनलाई तिब्रता दिएको विभागनले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend