images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला...

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

images
images
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • काठमाडौँ, ६ फागुन । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचना मार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरण लगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।

    images
    images

    सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ ।

    विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend