images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • तनहुँमा दुई सय मेट्रिक टन क्षमताको...

तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण

तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण

images
images
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • काठमाडौं ।  तनहुँको म्याग्दे गाउँपालिकाले दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपज भण्डारण गर्न सहज बनाउने उद्देश्यले म्याग्दे–३ मा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

    images
    images

    सुरुमा दुई करोड र चालु आर्थिक वर्षमा एक करोड बीस लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरेको हो । गाउँपालिकामा विशेष गरी सुन्तला, आलु खेती राम्रो हुन्छ । चिस्यान केन्द्र बनेपछि किसान उत्साहित भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

    कृषि उपज भण्डारण गर्दा किसानसँग न्यूनतम शुल्क लिएर प्रोत्साहन गर्न लागिएको छ”, उनले भने, “गाउँपालिकामा चिस्यान केन्द्र बनेपछि उत्पादन भएका कृषि उपज भण्डारणका लागि पोखरा र चितवन जानुपर्ने बाध्यता हटेको छ ।”

    images
    images

    ल्याण्डफिल साइड निर्माण

    त्यसैगरी म्याग्दे गाउँपालिकाले म्याग्दे–२ स्थित बहपुरमा व्यवस्थित ल्याण्डफिल साइड निर्माण गरिएको छ । सङ्घीय सरकारको दुई करोड लगानीमा करिब २४ रोपनी जग्गा खरिद गरी ल्याण्डफिल साइड निर्माण गरेको हो । बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्ष एक करोड ४० लाखको लागतमा निर्माण गरिएको हो ।

    उक्त स्थानमा ल्याण्डफिल साइड सञ्चालनमा ल्याएपछि छिमेकीपालिका शुक्लागण्डकी र व्यास नगरपालिकाको फोहरमैलालाई समेत व्यवस्थित गर्न सकिने सो गाउँपालिकाले जनाएको छ । कुहिने फोहरलाई प्राराङिक मल बनाउने र नकुहिने बस्तुलाई पुनः प्रयोगमा ल्याइने गरी व्यवस्थित गर्न लागेको हो ।

    गाउँपालिकाले अन्य पालिकासँग सम्झौता गरी शुल्क लिएर फोहरमैला व्यवस्था गर्न सकिने गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेले जानकारी दिए ।उक्त स्थानमा उत्पादन गरेको प्राराङिक मल प्रयोग गरी सोही स्थानमा व्यावसायिक सुन्तला खेती गर्ने योजना समेत रहेको उनले बताए । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend