images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • ग्यास आपूर्ति सहज नहुँदासम्म टेकु डिपोबाट...

ग्यास आपूर्ति सहज नहुँदासम्म टेकु डिपोबाट नियमित रूपमा ग्यास बिक्री हुने

ग्यास आपूर्ति सहज नहुँदासम्म टेकु डिपोबाट नियमित रूपमा ग्यास बिक्री हुने

images
images
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गर्दै काठमाडौँको टेकुस्थित आफ्नो पुरानो कार्यालयमा अस्थायी डिपो सञ्चालन गरी नियमित रूपमा ग्यास बिक्री गरिरहेको छ । यसका साथै निगमले ग्यास आयातमा समेत उल्लेख्य वृद्धि गरेको जनाएको छ । निगमले बजारमा अत्यधिक माग भइरहेका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्तालाई लक्षित गरी बुधबारदेखि टेकुबाट ग्यास बिक्रीको व्यवस्था गरेको हो ।

    images
    images

    उपभोक्ताले कार्यालय समयमा टेकुस्थित डिपोबाट यी तीन वटै ब्रान्डका खाली सिलिन्डर साटेर भरिएको ग्यास लिन सक्नेछन्। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार टेकु डिपो सञ्चालन भएयता हालसम्म ९९६ वटा नेपाल, एभरेस्ट र सुगम ग्यासका सिलिन्डर बिक्री भइसकेका छन् । डिपो खुलेको पहिलो दिन बुधबार ६५ सिलिन्डर बिक्री भएकोमा, बिहीबार ३९१, शुक्रबार ४०० र आइतबार १४० सिलिन्डर बिक्री भएका थिए ।प्रवक्ता ठाकुरले बजारमा ग्यासको आपूर्ति पूर्ण रूपमा सहज नहुँदासम्म टेकु डिपोबाट नियमित रूपमा ग्यास बिक्री जारी रहने बताएका छन् । उनले भने, ‘अहिले ग्यासको आपूर्ति सहज भइसकेको छ । अत्यधिक माग भएका नेपाल ग्यास, एभरेस्ट र सुगम ग्यासको माग बिस्तारै सहज भएको छ ।’ अन्य ग्यासका सम्बन्धमा पनि गुनासो आएकाले टेकुबाट कुन–कुन ग्यास बिक्री गर्न आवश्यक छ भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए ।

    आपूर्तिलाई थप सहज बनाउन निगमले ग्यास आयातमा पनि वृद्धि गरेको छ। यसअघि दैनिक औसत ९० बुलेट ग्यास आयात हुने गरेकोमा अहिले दैनिक औसत १३० बुलेटभन्दा बढी आयात भइरहेको प्रवक्ता ठाकुरले बताए । उद्योगीहरूले इन्डियन आयल कर्पोरेसनको बरौनी, दुर्गापुर, पाराद्विप, मथुरा र हल्दिया रिफाइनरीबाट ग्यास उठाइरहेका छन् ।एक महिनाअघि  बन्द भएको बरौनी रिफाइनरी पनि अहिले नियमित रूपमा सञ्चालनमा आएकाले आयातमा थप सहजता आएको निगमले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend