images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आज ८.१६ अंकले घट्यो नेप्से, ७...

आज ८.१६ अंकले घट्यो नेप्से, ७ अर्ब ९४ करोडको कारोबार

आज ८.१६ अंकले घट्यो नेप्से, ७ अर्ब ९४ करोडको कारोबार

images
images
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाखको सेयर कारोबार भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज रिडी पावरको सर्वाधिक ६५ करोड ३ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ५२ करोड ३६ लाख रुपैयाँ र तेस्रोमा नादी ग्रुपको ४८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज बुद्धभूमि हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ९.३८ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend