काठमाडौँ, २ फागुन । नियमित बजार अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले एक फर्मलाई रु २० हजार जरिवाना गरेको छ।
स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्वरी ट्रेड लिङ्क प्रालि, कसलेश्वरलाई उक्त जरिवाना गरेको हो। पछिल्ला दिनमा विभागले खाना पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय र पसलहरूमा नियमित अनुगमन गर्दै आएको छ।
यसैक्रममा अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको सहभागितामा विभागले बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ।




.gif)





