images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य अंकको गिरावट, ८ अर्ब...

नेप्सेमा सामान्य अंकको गिरावट, ८ अर्ब ६९ करोडको कारोबार

नेप्सेमा सामान्य अंकको गिरावट, ८ अर्ब ६९ करोडको कारोबार

images
images
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक  ०.०४ अंकले घटेर २६६२.०९ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज रिडी पावरको सर्वाधिक ६५ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ६२ करोड १३ लाख रुपैयाँ र तेस्रोमा सिंगटी हाइड्रो इनर्जीको ५८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन रिडी पावरका लगानीकर्ताले सर्वाधिक ९.६७ प्रतिशतका दरले कमाएका छन् । यस्तै, सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले ८.६८ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ६.३९ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend