काठमाडौँ । राहदानी विभाग त्रिपुरेश्वरले राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई आफूले रोजेको समयमा सेवा लिन आग्रह गरेको छ । अनलाइन फाराम भर्दा उल्लेख गरेको भन्दा फरक समयमा सेवाग्राही आउन थालेपछि मंगलबार विभागले सूचनामार्फत यस्तो आग्रह गरेको हो ।राहदानीको फाराम भर्दा आफूले छनौट गरेको समयमा उपस्थित हुने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिइनेछ । विभागले यस्ता सेवाग्राहीहरूको आवेदन प्रक्रिया सामान्यतः एक घण्टाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।
सूचनामा उल्लेख भए अनुसार, यदि कुनै सेवाग्राही आफूले छनौट गरेको निश्चित समयमा उपस्थित हुन नसकेमा उनीहरूलाई क्रमशः (उपलब्ध समय र पालो अनुसार) मात्र सेवा दिइनेछ । यसले गर्दा समयको पालना गर्ने सेवाग्राहीहरूले बिना झन्झट छिटो सेवा पाउने निश्चित भएको छ ।भेट समय सेवाग्राहीले भरेको आवेदन फारामको दायाँतर्फ पुछारमा हेर्न सकिने जनाइएको छ । “निर्धारित भेट समयमा आउनुभई छिटो र चुस्त सेवा लिने/प्रदान गर्ने विभागको प्रयासलाई सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ,” विभागले भनेको छ ।





.gif)





