images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १०.२५ अंकको गिरावट, ८ अर्ब...

नेप्सेमा १०.२५ अंकको गिरावट, ८ अर्ब ६१ करोडमा झर्‍यो कारोबार

नेप्सेमा १०.२५ अंकको गिरावट, ८ अर्ब ६१ करोडमा झर्‍यो कारोबार

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक  १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाखको सेयर कारोबार भएको छ । आज ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४५ करोड २८ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ४० करोड ७९ लाख रुपैयाँ र तेस्रोमा रिडी पावर को ३८ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन कालिञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक ६.३६ प्रतिशतका दरले कमाएका छन् । यस्तै, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ५.२४ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend