images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • पियोर इनर्जीको दोस्रो त्रैमास - बढ्यो...

पियोर इनर्जीको दोस्रो त्रैमास - बढ्यो नाफा, ईपीएसमा पनि सुधार

पियोर इनर्जीको दोस्रो त्रैमास - बढ्यो नाफा, ईपीएसमा पनि सुधार

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    images
    images

    नाफामा उल्लेख्य वृद्धि

    कम्पनीले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ९२ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीले २४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा नाफा २८३.२२ प्रतिशतले वृद्धि भएको देखिन्छ।

    images
    images

    आम्दानीमा सामान्य गिरावट

    चालु वर्षको पुससम्म कम्पनीले विद्युत उत्पादन बिक्रीबाट ११ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट १२ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो।

    इक्विटी स्थितिमा सुधार

    ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी १ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको अन्य इक्विटी २ करोड ३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको थियो।

    प्रतिसेयर सूचकमा सुधार

    कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २.३१ रुपैयाँ पुगेको छ। जबकि अघिल्लो वर्ष सोही अवधिमा ईपीएस ०.७५ रुपैयाँ मात्र थियो। यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ १०१.६३ रुपैयाँ कायम भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend