images

२०८३ आश्विन १७ गते

images
images
images

वाणिज्य विभागद्वारा एक राईस मिललाई ५० हजारभन्दा बढी जरिवाना, २० फर्मलाई सुधारात्मक निर्देशन

वाणिज्य विभागद्वारा एक राईस मिललाई ५० हजारभन्दा बढी जरिवाना, २० फर्मलाई सुधारात्मक निर्देशन

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • काठमाडौं- नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार ५०० बराबरको जरिवाना गरेको छ ।स्थलगत अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले राजेन्द्र राईस मिललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कारवाही गरेको हो ।

    images
    images

    यस्तै, स्वस्तिक नेपाल ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले आइतबार कूल काठमाडौँ, ललितपुरका विभिन्न २१ फर्ममा अनुगमन गरेको थियो ।स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहकार्यमा विभागले स्थलगत अनुमगन गरेको हो । विभागले गरेको कूल फर्ममध्ये २० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend