images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सूर्यज्योति लाइफको २ लाख ६५ हजार...

सूर्यज्योति लाइफको २ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफको २ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    images
    images

    इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलमा पेस गर्न सकिनेछ।तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend