images

२०८३ आश्विन १७ गते

images
images
images

ग्लोबल आइएमई लघुवित्तले कमायो साढे १० करोड खुद नाफा, अन्य सूचक कस्तो ?

ग्लोबल आइएमई लघुवित्तले कमायो साढे १० करोड खुद नाफा, अन्य सूचक कस्तो ?

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • काठमाडौं- ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीले १० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा नाफा करिब १०।५१ प्रतिशतले घटेको हो।समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ४८ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यो रकम गत वर्षको ३५ करोड ७ लाख रुपैयाँको तुलनामा करिब ३९ प्रतिशतले बढी हो।  

    images
    images

    कम्पनीको कुल सञ्चालन आम्दानी पनि वृद्धि भई ५२ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३९ करोड २१ लाख रुपैयाँ थियो। जसको तुलनामा करिब ३३ प्रतिशत वृद्धि भएको हो।  कम्पनीको इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा बढेको छ। गत वर्ष पुस मसान्तसम्म २ करोड ७६ लाख रुपैयाँ छुट्याइएकोमा चालू वर्षमा यस्तो रकम १६ करोड ११ लाख रुपैयाँ पुगेको छ। जुन ४८३ प्रतिशतको वृद्धि हो। यसकै असरले सञ्चालन नाफा १६ करोड ९० लाख रुपैयाँबाट घटेर १५ करोड २२ लाख रुपैयाँमा झरेको छ।समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३८.२४ रुपैयाँबाट घटेर ३२.६७ रुपैयाँमा कायम भएको छ। निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशतबाट बढेर ८.९६ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९४.६८ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३५.५९ गुणा र तरलता अनुपात ४.९२ प्रतिशत रहेको छ। कम्पनीको चुक्ता पूँजी ६४ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६३ करोड ७ लाख रुपैयाँ सञ्चित छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend