images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि...

बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि सिटिजन्स बैंकले गर्‍यो २५ लाख  सहयोग

बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि सिटिजन्स बैंकले गर्‍यो २५ लाख  सहयोग

images
images
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौँ । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। 

    images
    images

    बाढीपहिरो प्रभावितको राहत तथा उद्दारमा सहयोग पुर्‍याउन बैंकले राहत कोषमा उक्त रकम दिएको हो।विगत दुई दिनदेखि परेको अत्यधिक वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ।

    सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंक आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितको सहयोगमा जुटिरहेको बताए। ‘हामी हाम्रो सीमित स्रोतसाधनबाट सकेको सहयोग गरिरहेका छौँ र यो रकम प्रधानमन्त्री राहत कोषमार्फत आवश्यक ठाउँमा पुर्‍याइनेछ', उनले भने।

    images
    images

    बैंकले देशभर रहेका आफ्ना शाखाहरूबाट बाढी प्रभावित क्षेत्रमा विभिन्न राहतकार्यमा सहयोग गरिरहेको जानकारी दिएको छ। साथै, बैंकले अन्य संघसंस्थालाई पनि विपदमा पीडितहरूको सहयोगका लागि अघि बढ्न आह्वान गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend