images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा २७.१९ अंकको वृद्धि, ११ अर्ब...

नेप्सेमा २७.१९ अंकको वृद्धि, ११ अर्ब ५८ करोड माथिको कारोबार

नेप्सेमा २७.१९ अंकको वृद्धि, ११ अर्ब ५८ करोड माथिको कारोबार

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • काठमाडौं- साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाखको सेयर कारोबार भएको छ । आज २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

     युनियन हाइड्रोपावरको सर्वाधिक ५८ करोड ७७ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको ५७ करोड ५० लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यानलको ५३ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन ३ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर र मोदी इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, रिदी पावरका लगानीकर्ताले ९.९७ प्रतिशत र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ९.९८ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend