images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • निर्जीवन बीमा कम्पनीहरूद्वारा छ महिनामा साढे...

निर्जीवन बीमा कम्पनीहरूद्वारा छ महिनामा साढे २३ अर्ब बीमा शुल्क संकलन, कुनको कति ?

निर्जीवन बीमा कम्पनीहरूद्वारा छ महिनामा साढे २३ अर्ब बीमा शुल्क संकलन, कुनको कति ?

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौं- आर्थिक वर्षको पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले साढे २३ अर्ब माथि कुल बीमा शुल्क संकलन गरेका छन् ।बीमा प्राधिकरणको तथ्यांकअनुसार यी कम्पनीहरूले १४ लाख १९ हजार ५४८ वटा बीमा पोलिसी जारी गरेर २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

    images
    images

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।प्रभु इन्स्योरेन्स कम्पनीले ९३ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क, नेशनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend