images

२०८३ आश्विन १८ गते

images
images
images

खराब मौसमले उडान प्रभावित : एयर इन्डियाका जहाज डाइभर्ट, केही होल्डमा

खराब मौसमले उडान प्रभावित : एयर इन्डियाका जहाज डाइभर्ट, केही होल्डमा

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौँ । खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन् भने केही जहाजलाई आकाशमै होल्ड गरिएको छ । त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाका दुईवटा जहाजहरू भिजिबिलिटी कम भएका कारण अवतरण गर्न नसकी डाइभर्ट भएका छन् । ती जहाजहरूका लागि आवश्यक पर्ने न्यूनतम भिजिबिलिटी नभएपछि डाइभर्ट गरिएको हो ।

    images
    images

    यस्तै, चीनबाट आएको चाइना साउदर्न र दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइड बडी विमानलाई सिमराको आकाशमा केही समय होल्ड गरिएको थियो । निगमको जहाज झन्डै आधा घण्टाभन्दा बढी समय होल्डमा बसेको थियो ।निमित्त महाप्रबन्धक सिटौलाले केही जहाजलाई अवतरणका लागि २२०० मिटर भिजिबिलिटी आवश्यक पर्नेमा केही समयअघि २००० मिटर मात्रै रहेकाले अवतरणमा समस्या भएको जानकारी दिए । उनका अनुसार एयर इन्डियाको हकमा बढी भिजिबिलिटी चाहिने भएकाले ती जहाजहरू डाइभर्ट भएका हुन् ।

    यद्यपि अहिले मौसममा क्रमिक सुधार आएसँगै भिजिबिलिटी २५०० मिटर पुगेको र होल्डमा रहेका जहाजहरू अवतरण हुन थालेको विमानस्थल कार्यालयले जनाएको छ । खराब मौसमका कारण आन्तरिक उडानहरू पनि केही समय प्रभावित भएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend