images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • नेविसंघद्धारा मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी, प्रशासनिक काम...

नेविसंघद्धारा मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी, प्रशासनिक काम प्रभावित

नेविसंघद्धारा मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी, प्रशासनिक काम प्रभावित

images
images
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनको सन्दर्भमा भएको विवादलाई लिएर नेविसंघले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । तालाबन्दी मंगलबार गरिएको हो । केन्द्रीय कार्यालयमा नै तालाबन्दी गरेपछि विश्वविद्यालयको प्रशासनिक कामहरू प्रभावित भएका छन् ।

    images
    images

    विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. नारायणप्रसाद पौडेलले दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरूको पूर्वसन्ध्यामा गरिएको तालाबन्दीले प्राध्यापक, कर्मचारीहरूको तलब भत्ता निकासा लगायतका दैनिक आर्थिक प्रशासनिक कामकारबाहीहरू प्रभावित भएको बताएका छन् ।

    विश्वविद्यालयले ताला खोलेर सहयोग गर्न आह्वान गरेपनि नेविसंघले नमानेपछि बिहीबार वार्ता समिति गठन गरिएको छ । ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्ट डीन प्रा.डा दीपबहादुर रावलको नेतृत्वमा दुई सदस्यीय समिति गठन गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा नारायणप्रसाद पौडेलले जानकारी दिए ।

    images
    images

    वार्ता समितिको सदस्यमा प्रा.डा यमबहादुर कार्की र सह–प्रा.डा लीलाधर तिवारी रहेका छन् । उक्त समितिले केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्ने वातावरण तयार गर्न र नेविसंघ लगायत अन्य क्रियाशील विद्यार्थी संघ, संगठनहरुसँग सामुहिकरुपमा वार्ता तथा संवाद गर्ने छ । साथै स्ववियू निर्वाचनको उपयुक्त समय तय पनि उक्त समितिले गर्ने बताइएको छ ।

     

    m-w

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend