काठमाडौं : चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘आ बाट आमा’ ले प्रदर्शनका लागि सेन्सर बोर्डबाट अनुमति पाएको छ। सोमबार केन्द्रीय चलचित्र जाँच पास समितिले फिल्म हेरेपछि ‘युनिभर्सल’ सर्टिफिकेट प्रदान गरेको हो।युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो फिल्म बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डबाट सबैले हेर्न मिल्ने प्रमाणपत्र पाएपछि निर्देशक चन्द्र पन्तले खुसी व्यक्त गरेका छन्।उनले भने, ‘फिल्मको नाम नै आ बाट आमा हो। अब सेन्सर पास भएसँगै सबै उमेरका दर्शकले सपरिवार यो फिल्म हेर्न सक्नुहुनेछ।’
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।र्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ।चलचित्रका गीतमा गम्भीर बिष्ट र दिलिप ओखेडाले कोरियोग्राफी गरेका छन्। नवराज उप्रेतीले छायांकन गरेको यस फिल्ममा अभिमन्यू निरवीको मुख्य संवाद रहेको छ भने लेखनमा अमर न्यौपाने र निर्देशक पन्तले पनि सहकार्य गरेका छन्।फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ। चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको टिजर र ट्रेलरको काम साहिल खानले सम्हालेका छन्। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।




.gif)



